Logo
Logo

‘जबखोज’ एप्स सार्वजनिक

काठमाडौँ, ८ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गरेरै छाड्ने बताउनुभएको छ ।

रोजगारीका अवसरसम्बन्धी जानकारी प्रदान गर्ने मोबाइल एप्स ‘जबखोज’को सार्वजनिक गर्दै उहाँले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैदेशिक रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ताँती’ लाग्नुपर्ने अवस्थाको अन्त्य गर्छ, नेपाली युवाको योग्यता र क्षमताअनुसारको रोजगारीको अवसर सरकारले यहीँ उपलब्ध गराउँछ ।”

रोजगारदाता र रोजगारीको खोजीमा रहेका दुवै पक्षले एप्सबाट फाइदा लिनसक्ने बताउँदै उहाँले बेरोजगार व्यक्तिलाई रोजगारीको सम्भावित क्षेत्रसम्म जोड्नलाई एप्सले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रोजगारदाता र रोजगारीको खोजीमा रहेको संस्था तथा व्यक्तिले आफूले खोजेको जस्तो योग्यतम् व्यक्ति र उच्चतम् रोजगारीको अवसर प्रदान गर्न एप्सले सहयोग गर्नेछ ।”

सूचना प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताउँदै मन्त्री विष्टले रोजगारसम्बन्धी सूचनालाई कमजोर आर्थिक अवस्था भएका व्यक्तिको पहुँचसम्म पुग्ने गरी एप्सको परि

Please leave a comments