Logo
Logo

तारा सुतारिया ‘अर्जुन रेड्डी’ बाट बाहिरिइन्

करण जोहरको निर्माणमा बनिरहेको फिल्म ‘स्टुडेन्ट अफ द इयर २’ बाट बलिउड डेब्यू गरिरहेकी अभिनेत्री तारा सुतारिया अभिनेता शाहिद कपूरको नयाँ फिल्म ‘अर्जुन रेड्डी’ बाट बाहिरिएकी छिन् ।

यसअघि शाहिदको जोडीको रुपमा तारा सुतारियालाई साइन गरिएता पनि अहिले भने उनको ठाउँमा नयाँ अभिनेत्री हुनेछिन् ।

हालै शाहिद दोस्रो सन्तानको पिता भएका छन् । यही कारण फिल्मको छायाँकन मितिमा केही फेरबदल भएको छ । फिल्मको मिति परिवर्तन भएसँगै तारालाई यस फिल्ममा समय दिन मुस्किल भएको छ ।

ताराले फिल्मका लागि समय दिन नसक्ने भएपछि फिल्म निर्माता तथा ताराबीचको समझदारीमा यो निर्णय भएको हो । अब यस फिल्मकी अभिनेत्री को हुनेछिन् भन्नेबारेको खुलासा केही दिन पछाडि मात्रै हुनेछ ।

हाल सुत्केरी बिदा लिएर बसेका शाहिद केही समय पछि मात्रै यस फिल्मको काममा फर्किनेछन् । यसै फिल्मका लागि शाहिदले आफ्नो लुक परिवर्त गर्न सुरु गरिसकेका छन् ।

यता तारा सुतारियाको हातबाट ठूलो प्रोजेक्ट फुस्किए पनि उनी अभिनेता टाइगर श्राफका साथ ‘स्टुडेन्ट अफ द ईयर २’ मार्फत डेब्यू गरिरहेकी छिन् । धर्मा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा काम गर्ने सपना बलिउडका जो कोही कलाकारका लागि सपना साकार भए सरह नै हुन्छ ।

तसर्थ ताराका लागि यस फिल्म मार्फत बलिउड डेब्यू गर्न पाउनु भनेको सपना साकार भएसरह भएको छ ।

Please leave a comments