Logo
Logo

फ्राइडे रिलिज : ‘रोज’ र ’रामकहानी’ एकैसाथ प्रदर्शनमा

शुक्रबार २ ओटा चलचित्र ‘रोज’ र ‘रामकहानी’ आमने प्रदर्शनमा आएका छन् । अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ’रोज’ र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ’रामकहानी’ प्रदर्शनमा आएका हुन् । यी दुवै चलचित्रले राम्रो प्रदर्शन गर्ने  अपेक्षा गरिएको छ ।

पूजा र प्रदीपले एक अर्कालाई प्रतिस्थनपनको भावनाले दुई चलचित्रको भिडन्त भएको धेरैको बुझाइ छ । हुन त प्रदीप र पूजा दुवैको राम्रो फ्यान फलोइंग भएको पाइन्छ । विशेषत प्रदीप चक्लेटी भएकै कारण युवतीहरु उनका धेरै फ्यान छन्  । भने पूजाका पनि प्रदिपका भन्दा कम भने छैनन् । ‘रामकहानी’ र ‘रोज’को महायुद्धलाई प्रदीप र पूजाको स्टारडम मापन हुने तराजुको रुपमा समेत लिइएको छ ।

मल्टिप्लेक्सलाई आधार मान्ने हो भने ‘रामकहानी’ भन्दा ’रोज’नै अगाडि रहेको बुझिएको छ । यता ‘सिंगल स्कृन’ भने दुवैले बराबरी पाएका छन् ।

’रामकहानी’ लभस्टोरी तथा कमेडी जनराको चलचित्र हो । यसमा पूजा शर्मा र आकाश श्रेष्ठले जोडीका रुपमा रोमान्स गरेका छन् । चलचित्रमा हाँस्यकलाकारहरु केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, राजाराम पौडेल, रबिन्द्र झालगायतको समेत अभिनय हेर्न सकिन्छ । यता नीरक पौडेल निर्देशित चलचित्र ’रोज’ भने लभस्टोरी  सँगै क्राइम थ्रीलर चलचित्र हो । ’रोज’ मा प्रदीप खड्का, परमिता आरएल राणा र मिरुना मगरलगायतका कलाकार हरुले अभिनय गरेका छन् ।

एकसाथ बक्स अफिसमा भिडन्त सुरु गरेका दुवै चलचित्र यस वर्षका प्रतिक्षीत चलचित्र हुन् ।

Please leave a comments