Logo
Logo

‘बाँध मायाले’ को गीत रिलिज

फिल्म ‘बाँध मायाले’ को नयाँ डान्सिङ नम्वरको गीत रिलिज भएको छ । अर्जुन पोखरेलको शब्द र लोकराज अधिकारीको शब्द रहेको ‘आउने जाने’ बोलको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, कलाकार राजाराम पौडेल लगायतले नृत्य गरेका छन् । गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ । एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । रिजल्ट भने असोज ८ गते आउने निर्देशक तथा निर्माता सविर श्रेष्ठले बताए ।

सविर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’ को एउटा गीत, प्रोमो र टिजर सार्वजनिक भैसकेका छन् । फिल्मको गीत र प्रोमो लाई आ आफ्नै हिसाबले रुचाइएको छ । असोज ५ गते आउने प्रदर्शनमा आउने फिल्मले आफ्नो प्रचार प्रसारलाई सुरु गरिसकेको छ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी सह निर्माताको रुपमा रहेका छन् । फिल्मका कार्यकारी निर्माता केदार धिताल हुन् ।

Please leave a comments