Logo
Logo

चीनको वुहानमा छिटो कपडा बदलेर एक जोडीले राखे विश्व रेकर्ड

एक जोडीले भने कपडा लगाउन महिलाले धेरै समय लगाउछन् भन्ने मान्यतालाई गलत सावित गर्दै दुनियामै सबैभन्दा छिटो कपडा बदल्ने विश्वरेकर्ड कायम गरेका छन् । उनीहरुले एक मिनेट भित्रैमा १ पटक होइन १८ पटक सम्म जिउमा कपडा बदलेर विश्व किर्तिमान कायम गरेका हुन् ।

मलेसियाका एभरी चीन तथा सिल्भा लिमले यस्तो किर्तिमान कायम गरेका हुन् ।

चीनको वुहानमा गत सेप्टेम्बरमा भएको समारोहमा चीन र लिमले यस्तो रेकर्ड कायम गरे । उनीहरुले स्टेजमै एक मिनेटमा १८ पटक जिउमा कपडा बदले । यसअघि एक मिनेटमा १६ पटकसम्म जिउमा कपडा फेरेको रेकर्ड थियो, जसलाई उनीहरुले तोडे ।

यी दुई पेशाले जादूगर हुन् र उनीहरुको बिहे भएको ५ वर्ष भएको छ । सबैभन्दा छिटो कपडा बदल्ने किर्तिमानको यो भिडियो यु ट्युबमा भाइरल बनेको छ र लाखौँले हेरिसकेका छन् ।

Please leave a comments