Logo
Logo

प्रदीपकै जोडी फेरि जसिता

अभिनेत्री जसिता गुरुङ केही समयको ग्याप पछि फेरि चलचित्र नगरीमा फर्किएकी छन् । चलचित्र लिलिबिलीमा अभिनय गरे पछि उनी केही समय टाढा रहिन् ।उनी टाढा चलचित्र नपाएर भएकी हुन् वा आफ्नै काममा व्यस्त थिइन ? त्यो भने उनैलाई थाहा होला, खैर जे भए पनि उनी अब पुनः चलचित्र नगरीमा फर्किएकी छन् त्यो पनि नायक प्रदीप खड्काकै जोडि बनेर । चलचित्र लिलिबिलीमा पनि यही जोडीलाई दर्शकले मन पराएका थिए ।

त्यसो त प्रदीप र जसिता अहिले एक अर्काको प्रेममा रहेको र प्रदीपलाई नसोधि जसिता कुनै चलचिमा काम नगर्ने हल्ला चलचित्र नगरीमा व्यापक छ । चलचित्र ललिबिली प्रदर्शनको समयमा नै अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रेम चर्चा सुरु भएको थियो । तर उनीहरु आफैँले भने यो कुरा स्वीकार गरि सकेका छैनन् ।

असोज ५ गतेबाट छायांकनमा जाने फिल्म लभ स्टेशनमा प्रदीप र जसिताको जोडी नै देखिन लागेको हो । लभ स्टोरी जनरामै निर्माण हुन लागेको यो चलचित्रलाई उज्वल घिमिरेले निर्देशन गर्दैछन् ।दार्जलिङ, सिक्किम लगायतका क्षेत्रहरुमा यो चलचित्रको छायांकन हुनेछ । गोविन्द शाही र प्रदीपले मिलेर यो सिनेमा बनाउन लागेका हुन् ।

Please leave a comments