Logo
Logo

भेट भयो सोल्टिनीमा भिमफेदी गाइज र आचलको रोमान्स

चर्चित डान्स ग्रुप भिमफेदी गाइजको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको गीतमा गायक शिव परियारले स्वर दिएका छन् । भिडियोमा भिमफेदी गाइज र नायिका आँचल शर्मालाई फिचर्ड गरिएको छ ।भेट भयो सोल्टिनी संग बोलको गीतमा भिमफेदी गाइज र आचल शर्मा क्लासिक तथा वेस्र्टन लुक्समा प्रस्तुत गरिएको छ ।

भिमफेदी गाइजकै कोरियोग्राफी तथा निर्मल लामाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माले छायाँकन गरेका छन् । पवन शुस्लिङको सम्पादन रहेको भिडियोलाई भिमफेदी गाइजले रमाइलो बनाएका छन् ।

Please leave a comments