Logo
Logo

अक्षय र रजनीकान्तको ‘२.०’को ट्रेलर रिलिज

बलिउड अभिनेताद्वय रजनीकान्त र अक्षय कुमारको फिल्म ‘२.०’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार सार्वजनिक सो ट्रेलरमा अक्षय र रजनीकान्त एक–अर्काविरुद्ध एक्सन गर्दै देखा परेका छन् ।एस शंकरको निर्देशनमा बनेको सो फिल्म बलिउडकै सबैभन्दा महँगो फिल्म हुने बताइएको छ । फिल्मको बजेट पहिला ४ सय करोड थियो, तर पछि बढेर ओभरअल बजेट ५ सय ४३ करोड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा रजनीकान्त र अक्षय कुमारबाहेक एमी ज्याक्सनको मुख्य भूमिका छ भने ऐश्वर्या रायवच्चनले पनि यस फिल्ममा अतिथि भूमिका निभाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।यस फिल्म नोभेम्बर २९ मा प्रदर्शनमा आउने भएको छ ।

Please leave a comments