Logo
Logo

हरियो प्याजले पुर्याउने फाइदा

भान्सामा प्रयोग गरिने हरियो प्याजले खानाका परिकारहरुमा स्वाद थप्ने गर्छ। हरियो प्याज तरकारी, सुप तथा अचारको लागि प्रयोग गरिन्छ। त्यस्तै हरियो प्याजले अरु विभिन्न परिकारमा पनि स्वाद भर्ने काम गर्छ।

हरियो प्याज स्वाद थप्नको लागि मात्र नभई विभिन्न रोग निको पार्नको लागि पनि निको हुन्छ। हरियो प्याजमा भिटामिन लगायतका विभिन्न तत्वहरु हुन्छन्। हरियो प्याजका औषधीय गुणहरुको बारेमा चर्चा गरिएको छ।

हरियो प्याजमा सल्फर हुन्छ। जसले मुटु रोग निको पार्नको लागि हरियो प्याज उपयोगी हुन्छ। त्यस्तै हरियोप्याजमा एन्टी ब्याक्टेरियल गुण हुने हुनाले यसको सेवनले सरुवा रोगबाट बचाउँछ।

हरियो प्याजमा भिटामिन सीको मात्रा अत्यधिक हुन्छ । त्यसैले हरियो प्याजको सेवनले कोलेस्ट्रोल कम हुन्छ। हरियो प्याजमा हुने तत्वहरुले पेटको रोगलाई टाढा भगाउँछन् भने हड्डी पनि बलियो बनाउँछन्।

Please leave a comments