MJ Radio
Facebook Twitter Youtube Skype
Flag

नेपालबाट प्रतिनिधित्व गर्ने भए दिक्पाल कार्कीले ‘मिस्टर ग्लोबल २०१६

Published Date: 2016-03-30 00:00:00



Image title

अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०१६’ मा पहिलो पटक नेपालले प्रतिनिधित्व गर्ने भएको छ, जसमा नायक एवं मोडल नायक दिक्पाल कार्कीले सहभागीता जनाउने भएका छन् । ग्रुप अफ इभेन्ट इन्टरटेनर्स (GEE) का सिइओ अनुप सक्सेनाका अनुसार म्यानहन्ट इन्टरनेसनल नेपाल २०१२ मा फस्ट रनरअप भएको हैसियतले दिक्पाल प्रतियोगितामा मिस्टर ग्लोबल नेपालको रुपमा थाइल्यान्ड पठाईदै छन् ।

दिक्पाल चर्चित नायक तथा मोडेलले यस आघि म्यान हन्ट इन्टरनेसनल नेपाल २०१२ मा फस्ट रनरअप , मिस्टर काठमाडौँ २००९ को बिजेता समेत हुन् । २५ बर्षिय ६ फिट अग्ला दिक्पाल यस प्रतियोगितामा थाइल्यान्ड, अमेरिका, कोरिया, चिन, अर्जेन्टिना, ब्राजिल, क्यानाडा, इण्डिया आदि जस्ता देशका प्रतियोगीहरुसँग भिड्ने छन् ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले म्यानसनल, मिस्टर ग्लोबल लगायत अन्य पुरुष सौन्दर्य प्रतियोगिताहरुमा समेत प्रतिस्पर्धीहरु पठाउदै आएको छ । यो प्रतियोगिता थाइल्यान्डको चैगमैमा अप्रिल २७ देखि मे ८ सम्म हुने छ र यसको लागि दिक्पाल अप्रिलको अन्तिम साता थाइल्यान्ड प्रस्थान गर्ने जानकारी ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले दिएको छ।

loading...