MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Shishir Bhusal & Muna Thapa ।Harek Palama

Published Date: 2016-04-01 09:34:31



कुशल खत्रीको पहिलो लोकदोहोरी गीत हरेक पलमाको भिडियो सार्वजनिक भएको छ । कुशल खत्री र रक्षा पौडेल (निलम)को अभिनय रहेको छ । प्रेम, विछोड, पिडा र त्यागको कथालाई भिडियोमा देख्न सकिन्छ । पहिलो प्रयास भए पनि धेरै मेहनत गरेको मोडल कुशल खत्रीले बताए । दर्शकको माया र साथ पाउनेमा उनी आशावादी छन् । आगामी दिनमा कमीकमजोरीलाई हटाउँदै अझ राम्रो गर्ने प्रतिबद्धता समेत जनाए । 

मोडल रक्षा पौडेल(निलम) पनि यस गीतबाट आशावादी रहेको र दर्शक श्रोत्तालाई हेरेर प्रतिक्रिया दिन आग्रह गर्छिन् । शिशिर भुसाल र मुना थापाको स्वर रहेको यस गीतलाई सञ्चारकर्मी संगम महतले लेखेका हुन भने लय शिशिर भुसालको रहेको छ । कुमार केसीले निर्देशन गरेको म्युजिक भिडियोलाई हरिनारायण चौधरीले छायांकन गरेका हुन । सम्पादन अनुप शिवाकोटीले गरेका छन् । गीतको उत्पादन तथा बजार व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि.ले गरेको छ । कम्पनिले उत्कृष्ट सृजना आम दर्शक र श्रोत्ता माझ ल्याउने जनाएको छ । 



loading...