MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अश्मि श्रेष्ठ भईन मिस नेपाल २०१६

Published Date: 2016-04-09 00:00:00



शुक्रबार राती राजधानीको पाँच तारे होटलमा सम्पन्न मिस नेपाल-२०१६ को प्रतियोगीताबाट अस्मी श्रेष्ठले ताज जित्न सफल भएकि छिन् । आफ्ना १८ प्रतिश्पर्धीलाई उछिन्दै उनी बिजेता बन्दा यस अघिकि मिस नेपाल इभाना मानन्धरले मिस नेपालको ताज पहिराइ दिएर अस्मी श्रेष्ठलाई मिस नेपाल-२०१६ को उपाधि बाट सम्मान गरेकि थिइन् । मिस नेपाल-२०१६ को उपाधी संगै अब बिजेता अस्मी श्रेष्ठलेे आउदो मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।Image title

त्यसैगरी आजै सम्पन्न मिस नेपाल अर्थ (फस्ट रनरअप) उपाधी रोसनी खत्रीले, मिस नेपाल इन्टरनेशनल (सेकेण्डरनरअप) बर्षा लेखीले आफ्नो पोल्टामा हार्न सफल भएका छन् । आजै घोषणगा गरिएको अन्य बिधाका बिजेताहरुमा मिस वेस्ट स्किन र स्कलरशिप प्रेरणा अधिकारी, वेस्ट इभिनिङ गाउन अस्मि श्रेष्ठ, मिस कन्फिडेन्ट र मिस पर्सनालिटी रस्मी खत्री, मिस ट्यालेन्ट सृजना रेग्मी भएका छन् ।Image title

साहित्यकार राजेन्द्र थापा, गायिका इन्दिरा जोशी, युवा नेता नविना लामा, सञ्चारकर्मी वविता वस्नेत, लक्ष्मण हुमागाई लगायतको निर्णायक मण्डल रहेको समूहले उत्कृष्ट पाँचमा पर्न सफल नम्रता श्रेष्ठ, बर्षा लेखी, रोषनी खत्री, अस्मी श्रेष्ठ र सृजना रेग्मीलाई मुख्य निर्णायक राजेन्द्र थापाले एउटा सामूहिक प्रश्न ‘महिलालाई आरक्षण दिनुपर्छ, दिनुहुदैन वा दिएपनि थोरै समयको लागि मात्र ? यो मध्ये तपाईको धारणा के छ र किन ?’ सोधेका थिए । अन्तिम पाँच मध्येकी अस्मी श्रेष्ठले दिएको उत्तर उत्कृष्ट मान्दै निर्याणहरुले दिएको नम्बरका आधारमा उनले मिस नेपाल-२०१६ को ताज जित्न सफल भएकी हुन् ।Image title

loading...