MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Ira Neupane | Chotta Yo Mero

Published Date: 2016-04-19 09:19:19



रंगमञ्चबाट टेलिश्रृंखला,दुई दर्शन म्युजिक भिडियो, केहि ब्यवसायीक बिज्ञापन, चलचित्रमा अभिनय गरकी जान्वी बोहरा म्युजिक भिडियोमा जम्दै आएकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियोहरुले एक पछि अर्को गर्दै दर्शकको मन जित्दै आएको छ ।जान्वी एक दशक देखी अभिनय क्षेत्रमा सक्रिय रहेकी छिन् ।दर्शकको मन जित्दै आएकी जान्वीले अभिनय गरेको चित्त मेरो मनकोगीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको थोरै समयमा गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । उनको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् । जान्वी बोहरालाई अभिनयमा साथ प्रेम र रितुले दिएका छन् ।यस गीतमा स्वर इरा न्यौपानेको रहेको छ भने शब्द प्रेम न्यौपाने र संगीतप्रेमिराको रहेको छ । राजेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माको छांयाकन रहेको छ । म्युजिक भिडियोको सम्पादन पाण्डेको नै रहेको छ । फलो फोकसले बजार ब्यवस्थापन गरेको छ ।

loading...