MJ Radio
Facebook Twitter Youtube Skype
Flag

क्यानन विवाह फोटो अवार्ड २०१६ हुदैं

Published Date: 2016-05-10 00:00:00



फोटोग्राफरसंघले चौथोपटक Canon KPA Wedding Photo Award  2016 गर्नेभएको छ।आईतबार राजधानीमा पत्रकारसम्मेलन गर्दै अवार्डको बारेमा जानकारी दिएकोछ।अवार्डमा प्रोफेशनल स्टुडियो फोटोग्राफर तथा स्वतन्त्र फोटोग्राफरहरुले भाग लिन पाउने आयोजकले जनाएको छ।अवार्डमा भागलिन १०/ १२ र ८/१२ साईजको फोटो आवश्यक पर्नेछ।फोटो सहितको फर्म यहि जेष्ठ१४ गते सम्म बुझाउनु पर्ने आयोजक समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।

अवार्डमा प्रथम, द्धितिय रतृतियलाई Canon EOS DSLR 70D Kit, Canon EOS DSLR 750D Kit, Canon EOS DSLR 1300D Kit क्यामरा पाउने छन्।साथैचौथो र पाँचौ फोटोलाई CanonSelphy Compact Printer दिइने आयोजक संस्थाले जनाएको छ।साथै संघको आधाकारिक फेसबुक पेजमा राखिएको फोटोमा सबैभन्दा बढि लाईक आउने फोटोलाई दर्शक छनोट विधामा अवार्ड दिइनेछ।अवार्ड विजेताको घोषणा जेठ२७ गते नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा गरिने भएको छ।त्यसैगरी उत्कृष्ट सय फोटोलाई जेठ३०, ३१र३२ गते तिन दिनसम्म नेपाल कला परिषद् बबरमहलमा प्रर्दशनीमा राखिने छ।उक्त प्रदर्शनीमा फोटो ग्राफी सम्बन्धी विभिन्न स्टलहरु राखिने काठमाडौं फोटोग्राफर संघले जनाएको छ।Image title

अवार्डको शिर्ष प्रायोजक क्यानन क्यामरार फोटो कन्सर्नर फोटो व्वाइन्टले संयुक्त रुपमा मुख्य प्रायोजक रहेका छन्।प्रिति काक्यामरा सेन्टर तथा सोहेता नेपाल सह प्रायोजकका रुपमा रहेका छन्।अवार्डलाई सिबी फ्रेमिङ सेन्टर, क्यामराजोन, यूसफ्टकम्प्युटर, फोटोहलिवुड, काठमाडौं डिजिटल एक्सप्रेसरजी.एस. माउन्टले सहयोग गरेको छ।यस अवार्डमा हिमालयन टेलिभिजन, शुक्रबार साप्ताहिक, रंगीनसंसारडटकम र मूलधार साप्ताहिक मिडिया पार्टरको रुपमा रहेका छन्।

काठमाडौं फोटोग्राफरसंघ गोंगबु, काठमाडौं डिजिटल फोटो एक्सप्रेससामाखुसी, फोटो हलिवुड कमलादी, सुपरडिजिटल बानेश्वर कलरल्या वबानेश्वर, फोटो कन्सर्न न्युरोड, फोटो व्वाईट न्युरोड, क्वीक डिजिटल कलरल्याव भक्तपुर, डिजिटल वल्र्ड जावलाखेल, पोखरा फोटाग्राफरसंघ पोखरा, चितवन फोटोग्राफीसंघ नारायणगढ र लुम्बिनी फोटोग्राफरसंघ बुटवलमा फोटो तथा फर्म बुझाउन सकिने आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारि दिनुभएको छ।संघले यसअघि तिनवटा प्रतियोगीता आयोजना गरिसेको छ।

loading...