MJ Radio
Facebook Twitter Youtube Skype
Flag

Sareeta Prajapati | Barule Kamar

Published Date: 2016-08-03 12:17:30



सबैतिर तीजको रमझम छाइसकेको छ । यसक्रममा गायिका सरिता प्रजापतिले पनि तीजको गीत सार्वजनिक गरेकी छिन ।

उनले आफ्नै शब्द, सँगीतमा ‘बारुले कम्मर’ बोलको तीजको डान्सिङ नम्बर सार्वजनिक गरेकी हुन । केहि दिनअघि सार्वजनिक यो गीतले बजारमा चर्चा पाइसकेको छ । सुन्ने र भिडियो हेर्ने दर्शक श्रोताले आफुलाई अत्यन्तै राम्रो प्रतिक्रिया दिएको सरिताले सुनाइन । माहोल र श्रोता दर्शकको चाहना अनुसार तीजको गीत गाएको बताउदै उनले गीतबाट उत्साहजनक प्रतिक्रिया पाएको बताइन् ।

यसअघि सम्झनालाई जाले रुमाल, ढाकाटोपी जस्ता चर्चित गीत गाइसकेकी उनलाई तीजको यो गीतले थप उचाई दिएको छ । आजकालको तीजमा दर्शकले नाच्ने गीतकै खोजी गर्ने भएकाले बेदनाको भन्दा नाच्न मिल्ने डान्सिङ गीत ल्याएको उनको भनाई छ । गीतको भिडियोमा उनी आफै पनि छमछमि नाचेकी छिन । त्यस्तै मोडल क्रिस्टिना थापा पनि भिडियोमा छिन । 


loading...