MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चायाँले दिक्क हुनुहुन्छ ? अपनाउनुस यी उपाय

Published Date: 2016-08-30 00:00:00



चायाँ प्रायको समस्या हो । चायाले कहिलेकाहि अप्ठ्यारो पनि पार्छ । यो घुलो धुँवा, पानी अनि हामीले प्रयोग गर्ने साबुन वा स्याम्पु वा अन्य कारणबाट पनि हुनसक्छ । तपाईंको कपालमा पनि चाया परेको छ भने तपाईंले यी उपाय अपनाउँदा फाइदा हुन्छ । 

-नरिवलको तेलमा कपुर मिलाएर कपालको जरा सम्म पुग्ने गरी मसाज गर्ने । केहि समय यसो गरेमा तपाईको कपालको चाया कम हुँदै जान्छ । 

– तोरीको तेलले कपाल मसाज गर्ने । मसाज गरेको आधा घण्टा पछि तातो पानीमा तौलिया भिजाएर राम्रोसंग निचोर्ने अनि कपालमा बेर्ने । यसो     गर्दा कपालको रोमछिन्द्र खुल्छ । यसो गरेको १५ मिनेट पछि कपाल नुहाउने ।

 – चकन्दरको पातलाई पानीमा उमाल्ने । उमालेको पानीले कपाल नुहाउनाले पनि चाया कम हुन्छ ।

 -अण्डाको पहँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टा पछि पखाल्ने ।

 -कागतीको रसमा मरिच मिसाउने र कपालको जरा सम्म लगाउने ।

 -अमिलो दहीमा बेसन मिसायर कपालमा लगाउने अनि एक घण्टा पछि कपाल पखाल्ने । 

– ग्लिसिरिङ र गुलाब जल मिसाएर हरेक बिहान कपालमा लगाउने र केही बेर पछि कपाल धुने । 

loading...