MJ Radio
Facebook Twitter Youtube Skype
Flag

२३ वर्षकी हरनाम दाह्री जुङ्गा भएकी महिला

Published Date: 2016-09-12 00:00:00



२३ वर्षकी हरनाम कैरको शरीरमा लोग्ने मान्छे जस्तो दाह्री जुङ्गगा पलाएको छ । त्यस्तो भएता पनि उनी आफूलाई मन पराउने कोही पक्कै आउँछ भन्नेमा आशावादी छिन् ।उनी दाह्री जुङ्गा भए पनि सामान्य महिला जस्तो महसुस गर्छिन् । तर, जहिले पनि आफ्नो स्वास्थ्यमा केही खराबी नहोस् भनेर उनी आशा गर्छिन् । 

एक अन्तवार्तामा उनले भनिन्, “मलाई यही हालतमा स्वीकार गर्न कोही व्यक्तिको खोजीमा छु । यो हालतमा देखेर मानिसहरुले मन नपराउन पनि सक्छन् । तर, यो संसारमा मैले कोही भेट्छु की भन्ने आशा छ ।”उनले धेरैको म्यासेजहरु पाउने गरेको कुरा पनि व्यक्त गरेकी छिन् । उनलाई धेरै मानिसहरु केटा हो की केटी हो भनेर प्रश्न पनि गर्न गर्छन् । यस्तो प्रश्नहरु पाउँदा उनलाई आफू निकै घिन लाग्दो छु जस्तो महशुस हुन्छ । हरनामलाई पोलिसाईटिक ओभ्यारी साईन्ड्रोम भएको हो । Image title

उनी ११ वर्षको हुदाँ उनको अनुहारमा पहिलो पटक दाह्री जुङ्गा आएको थियो । पछि विस्तारै त्यो रौहरु उनको छाती र पाखुरा तिर फैल्दै गए । यहि कारण उनलाई विद्यालय जान पनि गाह्रो हुन थाल्यो । विद्यालयमा उनलाई धेरैले जिस्काउने गर्थे । उनलाई ईन्टरनेटमा पनि धेरैले जिस्काउने र होचाउने गर्थे ।त्यति हुदाँ पनि उनले हरेषखाइन्न् । उनले पहिले दाह्री काट्ने गरेकी थिइन् । तर, अहिले उनले केहि पनि गर्दिनन् ।हरमन भन्छिन्, “म अब कहिले पनि दाह्री जुङ्गा काट्ने छैन् । आजकाल मैले फेसियल गर्न पनि छोडेकी छु । मलाई भगवानले यस्तै बनाएर पठाउनु भएको हो । म यत्तिकै खुशी छु । म यसैमा निकै सेक्सी देखिन्छु जस्तो लाग्छ ।” 

उनले किशोरावस्थाका बेला लाजलागेर दाह्री जुङ्गगा हप्तामा दुई पटक काट्ने गर्थिन् । उनले सेभ र व्लिचिङ्ग पनि गर्न गर्थिन् । त्यस्तो गर्दा उनको कपाल अझै बाक्लो हुन थाल्यो । यो सबै कारणले गर्दा उनले सुसाईड गर्न पनि खोजेकी थिइन् । उनले आफैलाई धेरैपल्ट चोट पनि पर्याइन् । त्यो समय यादगर्दै उनी भन्छिन्, “मलाई स्कुलमा धेरैले जिस्काउने गर्थे । यी कुरा सम्झदाँ मलाई अहिले हाँसो लाग्छ । तर, पहिले यी नै कुराका कारण मैले आफूलाई चोट पुर्याएको छु । म घर बाट बाहिर पनि निस्किन थिएँ ।” तर, यो समयमा उनको घर परिवारले निकै साथदिएका छन् । 

शुरुमा त उहाँहरुले पनि हरेष खानु भएको थियो । पछि हरनामको विश्वासका कारण उहाँहरु पनि सम्हालिनु भयो । उनले गिनिज वल्र्ड रेकर्डमा पनि नाम लेखाएकी छिन् । Image title

loading...