MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कसरी भईन् भेनेजुएलाकी अलाईरा बार्बी डल

Published Date: 2016-09-12 00:00:00



सुन्दर देखिनको लागि प्राय महिलाहरु जे पनि गर्न तयार भएका हुन्छन् । यहि क्रममा भेनेजुएलाकी मोडल अलाईरा एवेंडानाले बार्बीडल जस्तै देखिने चक्करमा आफ्नो पूरै फिगरको आका परिवर्तन गरेकी छिन् । उनले हालसम्म २० भन्दा धेरै सर्जरी गरिसकेकी छिन् । 

यसका साथै उनले बिगत सात बर्षयता २० ईन्चको पातलो कम्मर पाउनको लागि निकै कस्सिएका भित्रि बस्त्र समेत लगाउने गरेकी छिन् । उनले आजसम्म ४ पटक छातीको , दुई पटक नाकको, बट ईम्प्लान्ट, दाँत हटाउने जस्ता कार्य गरिसकेकी छिन् । यस बिषयमा उनी भन्छिन् – सुन्दर महिलाहरु झनै सुन्दर देखिनको लागि सर्जरी गराउँछन् । Image title

म अब फिट भएकी छु । आफूले चाहे जस्तो फिगर पाएकी छु । २७ बर्षकी उनका इन्स्टामा मात्रै पाँच लाख भन्दा धेरै फलोअर्स छन् । जसमा उनी आफ्नो शरीरका तस्वीरहरु मिनेट मिनेटमा सेयर गरिरहन्छिन् । 

loading...