MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फिफ्टी सेड्श अफ डार्करमा ज्यामी र डकोटाको बोल्ड अवतार

Published Date: 2016-09-15 00:00:00



हलिउड फिल्म “फिल्म फिफ्टी सेड्श अफ ग्रे” सफलता पाएपछि यसको सिक्वेल निर्माण भएको छ । सिक्वेलको नाम भने “फिफ्टी सेड्श अफ डार्कर” राखिएको छ । फिल्ममा अभिनेत्री डकोटा जोनसोन र अभिनेता ज्यामी डार्नन मूख्य भूमिकामा छन् । “फिफ्टी सेड्श अफ ग्रे” मा उनीहरुको जोडीलाई दर्शकले रुचाएका कारण सिक्वेलमा पनि उनीहरुलाई नै राखिएको हो । 

फिल्मको कथा वल्र्ड फेमस बेस्टसेलिङ्ग फिफ्टी सेड्शको सिरिजमा आधारित छ । जेम्स फोलेको निर्देशनमा बनेको यो सिनेमामा ज्यामी र डकोटाका बोल्ड सिनहरुपनि छन् । “फिफ्टीसेड्श अफ ग्रे” मा पनि उनीहरुले धेरै बोल्ड सिनहरु दिएका थिए । जसलाई दर्शकले रुचाए पनि । उनीहरुको अनस्क्रिन केमेस्ट्री पनि निकै राम्रो देखिन्छ । फिल्म २०१७ को भ्यालेन्टाईन डे को अवसरमा रिलिज हुनेछ ।


loading...