MJ Radio
Facebook Twitter Youtube Skype
Flag

भिडियो रेकर्ड हुने नयाँ स्मार्ट चश्मा आयो

Published Date: 2016-09-26 00:00:00



चर्चित म्यासेजिङ एप्लिकेशन स्न्याप च्याटले आफ््नो पहिलो ग्याजेट क्यामेराको रुपमा स्मार्ट चश्मा सार्वजनिक गर्ने भएको छ । कम्पनीले उक्त स्मार्ट चश्माको नाम स्पेक्टेलक राखेको र सो चस्माको प्रयोग गरी प्रयोगकर्ताले ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड गर्न सक्ने जनाएको छ । 

उक्त स्पेक्टेकल्सका निमार्णकर्ता इभान स्पिङगलले आफूले आफ्ना साथीहरुसँग मिलेर रमाइलोका लागि एक स्मार्ट चश्मा तयार पारेको र अहिले स्न्याप च्याटले यसलाई बजारमा सार्वजनिक गर्ने भएपछि आफू उत्साहित भएको बताए । इभानले यो स्मार्ट चश्मा गुगलको स्मार्ट चश्मा जस्तो देखिए पनि त्यो भन्दा फरक रहेको जानकारी दिएका छन् । 

आफूले निर्माण गरेको स्मार्ट चश्मा गुगलको स्मार्ट चश्माको तुलनामा धेरै सस्तो हुने दाबी पनि उनको छ । गुगलको स्मार्ट चश्माको मुल्य १५ सय डलर पर्छ भने इभानले निर्माण गरेको यो स्मार्ट चश्मा १ सय ३० अमेरिकी डलरमै आउँछ । गुगलको स्मार्ट चश्मा महङगो परेकै कारण मानिसले नकिनेको भन्दै इभानले आफूले निर्माण गरेको चश्मा धेरैले किन्ने आशा पनि व्यक्त गरेका छन् । 

loading...