MJ Radio
Facebook Twitter Youtube Skype
Flag

ब्राड र एन्जेलिनाको डिभोर्सको कारण सेलेना

Published Date: 2016-09-30 00:00:00



अहिले हलिउड जोडी एन्जेलिना जोली र ब्राड पिटको डिभोर्स समाचारको विषय बनेको छ । उनीहरुको सम्बन्ध बिच्छेदले सबैको ध्यान तानेको छ । उनीहरुको दुई बर्षे सम्बन्ध टुटेको हो । यी दुईको डिभोर्स हुनुका धेरै कारणहरु अघि आएका छन् । तर मूख्य कारण भने ब्राडको अन्य युवतीसँग सम्बन्ध हुनुलाई नै मानिएको छ ।


हालै प्रकाशित खबरका अनुसार ब्राडको मोबाईलमा एन्जेलिनाले अन्य युवतीहरुको तस्वीर फेला पारेकी थिईन् । सबैलाई अचम्म लाग्ने कुरा ब्राडको मोबाईलमा अमेरिकी गायिका सेलेना गोमजका तस्वीरहरु पनि थिए । जसका कारण सेलेना पनि उनीहरुको डिभोर्सको कारण हुन् की भन्ने आशंका बढेको छ । सेलेनाका तस्वीरहरु मोबाईलमा धेरै भएपछि एन्जेलिनालाई उनीहरुको सम्बन्ध रहेको शंका लागेको छ ।


यस बारेमा बोल्दै एन्जेलिनाले एजेन्सिलाई भनेकी छिन्–जो कोही पुरुषले पनि महिलालाई भेट्नु स्वभाविक हो । तर उसको तस्वीर मोबाईलै भरिने गरी राख्नु आश्चर्यपूर्ण हुन्छ ।यु एस अनलाईनका अनुसार ब्राडको अभिनेत्री मेरियन कोटिलार्डसँग पनि सम्बन्ध रहेको थियो । जसका कारण मेरियन गर्भवति भएका खबरहरु पनि सार्वजनिक भएका छन् ।

loading...