MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अमेरिकी डिभी चिट्ठा आवेदन आज देखि खुला

Published Date: 2016-10-04 00:00:00



अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको आवेदन आज खुल्दैछ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार आज बिहान पौने १० बजेदेखि डिभीको आवेदन दर्ता गर्न सकिनेछ । डिभी कात्तिक २२ गतेसम्म भर्न सकिनेछ । डिभी भर्न चाहनेले तोकिएको समयभित्र धधध।मखयिततभचथ।कतबतभ।नयख वेवसाइटमा गएर डिभीका लागि आदेवन भर्न सक्नेछन् । 

निवेदनकले २१ वर्ष भन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ भने एउटा मात्र आवेदन दिनुपर्ने दुतावासले जनाएको छ । यस्तै, अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन साथै चस्मा लगाएको फोटो मान्य हुने छैन । डिभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा डिभी परे नपरेको थाहा हुन्छ । दूतावासले डिभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ ।

loading...