MJ Radio
Facebook Twitter Youtube Skype
Flag

उम्मेद्वार ट्रम्पको इच्छा विवाहित महिलासँग यौन सम्बन्ध

Published Date: 2016-10-09 00:00:00



अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिनक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प थप समस्यामा पर्दै गएका छन्। 

महिलाप्रतिको अश्लिल विचारका कारण रिपब्लिकन पार्टीका शीर्ष नेताले ट्रम्पलाई दिएको समर्थन फिर्ता लिन थालेका छन्। रिपब्लिकन पार्टी कम्तिमा १२ जना नेताले ट्रम्पलाई मत नदिने बताइसकेका छन्। 

महिलालाई अपमान गरेको भिडियो सार्वजनिक भएपछि ट्रम्पको आलोचना बढ्दै गएको छ। पछिल्लो पटक रिपब्लिकन पार्टीका नेता जोन म्याकेन र पूर्व विदेशमन्त्री कोन्डोलिजा राइसले आफूले ट्रम्पलई मत नदिने घोषणा गरेका हुन्। पूर्व विदेशमन्त्री राइसले ट्रम्प राष्ट्रपति बन्न नहुने बताएका छन्। तर ट्रम्पले भने आफू चुनावी दौडबाट पछि हटेर आफ्ना समर्थकलाई निराश नबनाउने बताएका छन्।

ट्रम्पले विवाहित महिलासँग यौन सम्बन्ध राख्न चाहेको, महिलालाई छुने तथा चुम्बन गर्ने कुरा गरेको भिडियो सार्वजनिक भएपछि आलोचना तीब्र भएको हो। सन् २००५ को भिडियो अहिले सार्वजनिक भएको हो। यसप्रति ट्रम्पले माफि मागिसकेका छन्। तर आलोचना झन बढ्दै गएको छ।

loading...