MJ Radio
Facebook Twitter Youtube Skype
Flag

एक बोतलकै ५ लाख पर्ने रक्सी नेपालमा

Published Date: 2016-10-09 00:00:00



मदिरा प्रेमीहरु पुराना ब्राण्डेड हृवीस्की तथा वाइनहरु जति महंगो भए पनि पिउन छाड्दैनन् । नेपालीहरुको घरैमा बनाइने कोदोको लोकल रक्सी विश्वमै राम्रो मदिरा मानिन्छ । तर, संभ्रान्त वर्गले मदिरालाई आफ्नो‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रुपमा लिने गरेकाले देशमा अर्बौंको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ ।

त्यस्ता धनाड्य नेपालीलाई लक्षित गरेर काठमाडौंको दरबारमार्गस्थित ग्रीन लाइन लिक्वायर्सले ३०–४० वर्ष लगाएर विश्वमै केही सय बोतलमात्रै उत्पादन हुने महंगा रक्सी बिक्री वितरण गर्दै आएको छ । ग्रीनलाइनमा सस्तोमा एक बोतलको १०० रुपैयाँदेखि महंगोमा ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँसम्म पर्ने चार सय ब्राण्डका मदिरा उपलब्ध छन् । ग्रीनलाइन नेपालको सबैभन्दा ठूलो ब्राण्डेड मदिरा डिलर हो ।

ग्रीनलाइनमा रहेकोमध्ये सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५० । जसको नेपाली बजारमा ७५० मिलिलिटरको एक बोतलकै ४ लाख ९९ हजार ९ सय ५५ रुपैयाँ पर्छ । अंगुरको बोक्राबाट ४५ वर्ष लगाएर बनाइएको यो रक्सी ४५ वर्ष लगाएर एक लटमा ३ र ४ सय बोतलमात्रै उत्पादन गरिएको हो । संसारभरका धनाड्यहरुबीच यसको लोकप्रियता छ । यसको बोतल पनि हातबाटै बनाइएको हो ।

केएफसीसँगै जोडिएको ग्रीनलाइनको रिटेल सोरुम आठ हजार वर्गमिटर क्षेत्रफल क्षेत्रफलमा छ । यसमा उद्योगी अमित अग्रवालले करोडौं लगानी गरेका छन् । गरिब होस् वा धनी । दुबै वर्ग मदिराको नसामा झुम्ने प्रवृत्ति बढेसँगै नेपाली समाजमा मदिराको उपभोग बढ्दो छ । चाडबाडमा त झन् मदिराको बढी प्रयोग हुने मौसम हो । पछिल्लो समय नेपालमा ब्राण्डेड मदिरा सेवन गर्नेहरुको संख्या बढ्न थालेपछि महंगा मदिरा भित्र्याउन थालिएको व्यवसायी बताउँछन् ।


loading...