MJ Radio
Facebook Twitter Youtube Skype
Flag

जस्टिन र केन्डलको बढ्दो निकटता

Published Date: 2016-12-30 00:00:00



हलिउड पप गायक जस्टिन बिबर र मोडल केन्डल जेनरले यसपालीको क्रिसमस साथमा मनाए । यी दुईले मिडियामा आफूहरु एकअर्काको मिल्ने साथी भएको बताउँदै आएका छन् । तर उनीहरुको सम्बन्ध भने साथीको भन्दा धेरै माथि पुगिसकेको केही अनलाईन पोर्टलहरुमा खबर छ । पछिल्लो समयमा उनीहरुले प्राय समय एकअर्काको साथमै बिताईरहेका छन् । उनीहरुलाई एकअर्काको साथ निकै मन पर्छ ।


हालै मात्र जस्टिनका एक फ्यानले उनलाई केन्डलको घरको तल देखेका थिए । त्यस समय जस्टिन केन्डलको पर्खाइमा रहेको बताईएको छ । अहिले केन्डलसँग रमाईरहेका जस्टिनको यो भन्दा पहिले सेलेना गोमेज, मोडल बारबरा पालभिन, ऐला पाईगी, काईलिनी रुसो, छन्तेल जेफरिज, जोर्डन ओजूना, योभाना भेन्तूरासँग जोडिईसकेको छ ।

loading...