MJ Radio
Facebook Twitter Youtube Skype
Flag

यथार्थ घटनामा‘छाउपडी कोपिला’

Published Date: 2017-01-15 00:00:00



छाउपडी प्रथा सुदुर पश्चिममा बिद्धमान एक कुप्रथा हो जहाँ महिलाहरुलाई महिनवरीको समयमा घरमा होइन गोठमा राख्ने गरिन्छ । परम्परादेखी चलिआएको यो प्रथाले महिलाहरुलाई बिशेष पिडा पुर्याइरहेको छ भने कतिपय महिलाहरुको मृत्‍यु समेत हुने गरेको छ । महिलाहरु महिनवरी हुँदा र सुत्केरी हुँदा उनिहरुलाई घरमा बस्न दीइन्न र गोठमा राख्ने गरिन्छ र पोशिला खाने कुराहरु जस्तै दुध दही मही घिउ खान दीइदैन । 


यस्को पारीणाम उनिहरुको स्वास्थ्य अवस्था कम्जोर हुन गही कुपोशणको शिकार हुन्छन भने सुत्केरी महिलाको मृत्‍यु समेत हुने गर्दछ । यसै बिषयलाई समेटेर अछामि युवाहरुको एक समुहले लघु चलचित्र बनएका छन । चलचित्रमा अछाम जिल्लाको एक गाउमा घटेको घटनालाई प्रस्तुत गर्न खोजिएको छ । महिनवरिको समयमा गोठमा कस्ता किसिमका समस्याहरु महिलाले भोग्नुपर्छ र एक महिलाको मृत्‍यु समेत भएको घटनालाई यस् चलचित्रले देखएको छ ।

हेरौ चलचित्र छाउपडी कोपिला



loading...