MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पाँचौ राष्ट्रिय राप्ती म्यूजिक अवार्ड (२०७३ माघ मसान्तभित्र गीत संगीत दर्ता गर्नुपर्ने

Published Date: 2017-01-23 00:00:00



राप्ती समाज काठमाण्डौले विगत पाँच वर्षदेखि आयोजना गर्दै आएको म्यूजिक अवार्ड कार्यक्रम यस वर्ष पनि आयोजना गर्ने भएको छ । संगीत साधकहरुको सम्मान र प्रोत्साहनका लागि समाजले हरेक वर्ष आयोजना गर्दै आएको कार्यक्रमको निरन्तरता यस वर्ष पनि दिन लागेको समाजका अध्यक्ष शशि शर्मा मजगैंयाले जानकारी दिनुभयो ।

विभिन्न ३२ विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा सहभागी हुन चाहने स्रष्टा कलाकारहरुले माघ महिनाभित्र आफ्ना गीत संगीत दर्ता गराईसक्नुपर्ने अवार्ड कार्यक्रमका संयोजक गोविन्द मधुर आचार्यले बताउनुभयो । फाल्गुन दोश्रो साता मनोनयन सार्वजनिक गर्ने समेत उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष राप्ती क्षेत्रका कलाकारहरुलाई मात्र अवार्ड प्रदान गरेको समाजले यस वर्ष देशभरीका कलाकारहरुले आफ्ना सिर्जना दर्ता गर्न सक्ने जनाएको छ । त्यसो त समाजले अघिल्लो एक वर्ष अवार्डलाई देश ब्यापी बनाउदै देशका बिभिन्न क्षेत्रका कलाकारहरुलाई अवार्ड प्रदान गरेको थियो । समाजका अध्यक्ष शशि शर्मा मजगैंया र महासचिव टिका भण्डारीद्धारा संयुक्तरुपमा जारी विज्ञप्तीमा कार्यक्रमबारे जानकारी दिदै कार्यक्रम सफल पार्न सम्बन्धित सबैलाई अपील समेत गरिएको छ ।


Image title

चैत्र २८ गते काठमाण्डौको राष्ट्रिय नाचघरमा भब्य रुपले आयोजना हुने कार्यक्रमका लागि समाजले बिभिन्न समिति उपसमिति गठन गरी जिम्मेवारी समेत बाँडफाँड गरेको छ । कार्यक्रमलाई सफल बनाउन डाकिएका बिभिन्न बैठकहरुमा राप्तीबाट प्रतिनिधित्व गर्ने मन्त्री,सभासद,उद्योगी,कलाकारहरुको प्रतिबद्धताले कार्यक्रम पुर्णरुपले सफल हुनेमा विश्वस्त भएको अध्यक्ष मजगैंयाले बताउनुभयो । “कार्यक्रम राष्ट्रिय स्तरको भएकाले सबै पक्षको साथ र सहयोग रहनेमा विश्वस्त छौं” उहाँले भन्नुभयो । कार्यक्रमका लागि केन्द्रित हुँदै समाजले माघ २९ गते वृहत् वनभोज कार्यक्रम समेत आयोजना गरेको छ ।



loading...