MJ Radio
Facebook Twitter Youtube Skype
Flag

विधालय उद्घाटन गर्न तनहुँ पुगेका महानायक हमाल मालाले पुरिए

Published Date: 2017-01-24 00:00:00



नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल राधा माध्यामिक विधालय जामुने तनहुँको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा गरिएको कार्यक्रममा बिशेष अतिथिको रुपमा त्यहाँ पुगेका थिए र त्यहाँका बासीहरुले उनको माला अनि अबिरले भब्य स्वागत गरेका थिए । हमाल आउने भनेपछि कार्यक्रम स्थल आसपासका हजारौ स्थानिय उनलाइ हेर्नकै लागी उपस्थित भएका थिए ।

हमालले घाँसी आदर्श समाज नेपाल द्वारा राधा माविको नव निर्मिति चार कोठे भवनको उद्घाटन मात्र नभएर नव निर्मित भवन हस्तान्तरण पनि गरे । घाँसी नेपालले हमाललाइ मानार्थ सदस्यता समेत प्रदान गरिसकेको छ । कार्यक्रममा हमालले मन्तव्य दिने अनि उनले फिल्मको संवाद बोल्ने समय पर्खेर बसेका स्थानियले उनले माइक्रोफोन समाउँदादेखि नै हुटिङ सुरु गरेका थिए ।

loading...