MJ Radio
Facebook Twitter Youtube Skype
Flag

हलिउड अभिनेत्री जुडको ७ वर्षमा यौनशोषण, १४ वर्षमा बलात्कार

Published Date: 2017-02-08 00:00:00



हलिउड अभिनेत्री एस्ले जुडले आफू पनि यौन दुर्व्यबहार तथा बलात्कार पीडित भएको खुलासा गरेकी छन्। महिला तथा केटीहरूलाई हुने लैंगिक हिंसा विरूद्धको विश्व कङ्ग्रेसमा बोल्दै जुडले यस्तो खुलासा गरेकी हुन्। 


७ वर्षकी हुँदा मलाई दुर्व्यवहार गरियो। १४ वर्षको उमेरमा मेरो बलात्कार भयो। भाग्य नै भन्नुपर्छ म बेचिनबाट भने जोगिएँ, उनले सम्मेलनमा भनिन्। भारतमा चलिरहेको सम्मेलनमा उपस्थित ४८ वर्षिया अभिनेत्रीले करिब ५ मिनेटको भनाइ राख्दै यौन हिंसा तथा महिला विरूद्ध हुने यसप्रकारका हिंसाको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताइन्। उनले हिन्दीमा अब सम्झौता हुँदैन। त्यस्तै भेदभाव गर्ने प्रसंगमा हलिउड पनि पछाडि नरहेको प्रसंगमा भने उनको भनाइ यस्तो थियो, हलिउडमा पारिश्रमिक दिने कुरामा महिला र पुरूषमा ठूलो खाल्डो रहेको छ। मेरो आफ्नो कमाइ नै मैले कमाउनुपर्ने भन्दा ४० प्रतिशतले कम छ।

loading...