MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फेसबुकमा अब डिसलाइक बटन पनि

Published Date: 2017-03-06 00:00:00



फेसबुकमा मानिसहरुले मनोभावना व्यक्त गर्नको लागि प्रयोग गरिने बटनमा एक डिसलाइक बटन पनि राख्ने भएको छ । यद्यपी, यो डिसलाइक बटन फेसबुकको न्यूज फिडमा नभई मेसेन्जरमा हुनेछ । टेक क्रन्चको रिपोर्ट अनुसार मेसेन्जरमा डिसलाइक बटनको टेस्टिङ भइरहेको छ ।


जसरी फेसबुकले कुनै पोष्टमा जस्तो "Love, Haha, Wow, Sad र Angry" को रियाक्सन दिन्छ, त्यसरी नै मेसेन्जरमा पनि लाइक, डिसलाइक, हार्ट–आइस,"Love, Haha, Wow, Sad  र Angry" इमोजी संलग्न हुनेछन् । मेसेन्जरमा जुन मेसेजमा तपाईंले रियाक्सन दिनुहुन्छ त्यो मेसेजमा थोरै बेरसम्म दबाएर राख्नुपर्ने हुन्छ । डिसलाइकको सबैभन्दा धेरै प्रयोग ग्रुप च्याटको क्रममा हुनसक्ने बताइर्एको छ ।

loading...