MJ Radio
Facebook Twitter Youtube Skype
Flag

व्वाइफ्रेन्डकै अगाडी अर्कैसंग किस

Published Date: 2017-03-14 00:00:00



एटलान्टा हक्स र ब्रुकलिन नेट्सबीच भएको बास्केटबल खेलका एउटा अनौठो दृक्ष्य देखिएको छ । खेलको बीचमा भएको ब्रेकमा उद्घोषकले स्टेडियममा उपस्थित जोडीहरुलाई एक(अर्कालाई अंगालोमा बेरेर किस आह्वान गरेका थिए । त्यसपछि सबै जोडीहरुले किस खान सुरु गरे । टिभी क्यामराले पनि किस खाने जोडीहरुलाई खोज्दै फोकस गर्न थाल्यो । 


यत्तिकैमा एउटा जोडी फोकस भयो, जहाँ प्रेमिकाले किस खानका निम्ति आग्रह गरिरहेकी थिइन् तर मस्त वियर पिइरहेका प्रेमी भने उनलाई बाल दिइरहेका थिएनन् । क्यामरा निकैबेर यो जोडीमा अडियो । यही क्रममा अचम्मको दृष्य देखियो । प्रेमीको उपेक्षाबाट मर्माहत भएकी प्रेमिका एकाएक अर्कापट्टि फर्किइन् र चुपचाप बसिरहेका एक पुरुषलाई च्याप्प समातेर किस खान थालिन् । पुरुष पनि किन पछि पर्थे । उनले पनि युवतीसितको किसमा मग्न भए ।आफ्नै अगाडि प्रेमिकाले अर्कैलाई किस खाएपछि पुरुष क्रोधित बने । उनी वियर र प्रेमिकिालाई त्यहीँ छाडेर घरतिर लागे ।

loading...