MJ Radio
Facebook Twitter Youtube Skype
Flag

कसरी आउछ अनुहारमा चाँयापोतो

Published Date: 2017-03-15 00:00:00



हामी सुन्दरताका लागि अनेक कस्मेटिक सामाग्री प्रयोगका साथै नियमित व्युटि पार्लरमा धाउने गर्छौ । किनकी धेरैको एउटै चाहना हुन्छ, सुन्दरतामा निखार ल्याउनु र सफा अनुहार स्वस्थताको प्रतिक हो । तर अधिकांस मानिस अनुहारमा चाया पोतोको समस्याले ग्रसित छन् । विशेषगरी गोरो छालामा चाया स्पष्ट देखिन्छ तर, कालो छालामा त्यति देखिँदैन । 


महिला वा पुरुष जोसुकैलाई पनि कालो पोतो अर्थात चाया आउन सक्छ । पुरुषले यसलाई खासै वास्ता नगरे पनि महिलाहरु भने यो कुराले बढी नै चिन्तित हुन्छन् । प्रायः हरेक अस्पतालमा छालासम्बन्धि समस्याको उपचारका लागि छुट्टै युनिटको व्यवस्था गरीएको हुन्छ भने छालाको मात्रै उपचार गर्ने क्लिनिकहरु पनि सहर बजारमा पाइन्छन् ।

चाँयापोतो आउने कारणहरु
१) चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तिको प्रकाश छालामा परिरहने, जथाभावि रुपमा सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालो पोतो आउने सम्भावना अत्यधिक हुन्छ ।

२) त्यस्तै छालामा मेलामाइन भन्ने तत्व हुन्छ , यसले छालालाई प्रकृतिक रंग दिने काम गर्छ । यदि मेलामाइमा गडबडी भयो भने छालामा हुनुपर्ने रंग नभई अर्कै देखिन्छ । विभिन्न थेग्लाथेग्ली, टाटाटाटी पनि देखिन सक्छ । त्यसैले मेलामाइनको गडबडीले पनि कालो पोतो आएको जस्तो देखिन सक्छ ।

३) त्यस्तै महिनावारी बन्द हुने समयमा हर्मोनको गडबडीले पनि चाया आउन सक्छ । गर्भाशय, मूत्रनली, कलेजोको स्वास्थ्य समस्या भएमा र अलि लामो समय बिरामी भएमा पनि अनुहारमा कालो पोतो देखिन सक्छ ।

४) जथाभावी खुलेका क्लिनिक एवम ब्युटी पार्लरमा उपचार गराउँदा छाला बिग्रन सक्ने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकहरुको सुझाव छ ।

बजारमा पाइने चाँयापोतो हटाउन प्रयोग गरिने केमिकलयुक्त क्रिम आफूखुशी प्रयोग गर्नुहुँदैन । यसले एर्लर्जी भई अर्को समस्या ल्याउन सक्ने भएकाले प्रयोग गर्नुपूर्व कतै छालामा लगाएर परीक्षण गर्नुपर्छ । चाँयापोतो हटाउन मात्र नभएर पूरै अनुहार सफा बनाउन विभिन्न घरेलु फेसप्याकहरु प्रयोग गर्न सकिन्छ । यस्ता फेसप्याकले दाग, खटिरा, फोहोर र मृत छालासमेत हटाउन मद्दत मिल्छ । जुनसुकै व्यक्तिले जुनसुकै समयमा पनि फेसप्याक लगाउन सकिन्छ ।

loading...