MJ Radio
Facebook Twitter Youtube Skype
Flag

आँखामुनि कालो धब्बा आउनुका ५ कारणहरु

Published Date: 2017-03-15 00:00:00



बिशेष गरि आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन्, यसका अन्य कारण छन्।

१) घामले  
बाहिर घाममा निस्कदा छालामा चमक आउछ भन्ने तपाईलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईको कोमल आँखाको छाला घाममा देखाउँदा झन कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरिरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईंको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शीतामा असर गर्छ ।

२) हड्डीको बनौट
आँखामा कालो धर्सा देखिनुमा हड्डिको संरचना र विशेषगरी तपाईको अनुहारको आकारमा पनि भर पर्छ । ‘जब मानिसको आखामुनि आँशु झर्छ, आँखामा रहेको आँशुले छालालाई कालो धर्सायुक्त बनाउँछ,’ डा कज भन्छन् ।

३) मेकअप 
मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईको छालालाई असर गर्छ । ‘कतिपयल मेक अप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ।

४) छालाको रोग
छालाको रोगले पनि आँखामा कालो धर्सा आउँछ । यो रोग लाग्दा आँखा चिलचिलाउँछ र आँखामा दाग आउछ । ‘आँखा चिलायो भनेर घोट्दा सुन्निन थाल्छ आँशु वरपरको रक्त कोषका नलीलाई टुटाइदिन्छ जसले आँखा मुनिको छाला कालो र निलो डाम जस्तो देखिन्छ।

५) नशाले
यदि तपाईको आँखाको भाग निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।


loading...