MJ Radio
Facebook Twitter Youtube Skype
Flag

आइफोन ८ का विशेषताहरु यस्ता छन्

Published Date: 2017-03-19 00:00:00



आइफोनको नयाँ मोडल अर्थात आइफोन ८ यो बर्ष बजारमा आउँदैछ । यसको नाम आइफोन एक्स भनिने पनि कतिपयले दाबी गरेका छन्। विभिन्न स्रोतहरुले दाबी गरेअनुसार एप्पलको अहिलेसम्मकै आमुल पुनर्संरचनासहितको स्मार्टफोन बजारमा आउन लागेको हो।

यो बर्ष आइफोन ८ सँगै नयाँ फिचरसहितको अरु दुइवटा मोडल आइफोन सेभेन एस र आइफोन सेभेन एस प्लस पनि लञ्च हुने भएको छ। स्रोतका अनुसार आइफोन ८ मा २।५ डि कर्भ्ड ओएलइडी डिस्प्ले हुनेछ । आइफोन ८ मा वाएरलेस चार्जिङको सिस्टम पनि हुनसक्ने बताइएको छ। विभिन्न तीन वटा आकारको स्क्रिन भएको मोडल बजारमा आउनेछन् ।

आइफोनको नयाँ मोडलमा यसअघिका मोडलमा भएकोजस्तो होमबटन हट्नेछ । होमबटनको सट्टा टच आइडी फिंगरप्रिन्ट सेन्सर हुनेछ ।
यसमा थ्रिडी फोटोग्राफीको सिस्टम समेत समाबेश गरिने भएको छ । नयाँ आइफोन ८ को मूल्य भने बढ्ने बताइएको छ । यसको मूल्य लगभग एक हजार अमेरीकी डलर पर्नेछ ।

loading...