MJ Radio
Facebook Twitter Youtube Skype
Flag

केटाहरुले जिन्स लगाउँदा ध्यान दिनु पर्ने कुराहरु

Published Date: 2017-03-21 00:00:00



पछिल्लो समयमा सबै भन्दा धेरै प्रयोग हुने ड्रेसमा पर्छ जिन्स । चाहे केटा होस् या केटी जिन्स प्रयोग नगर्ने सायदै कोही होला । हामी सौख र सहजताका लागि जिन्सको प्रयोग गर्छौँ । तर त्यसको प्रयोग गर्दा के–के कुरामा ध्यान पुर्याउनु पर्छ त्यसमा खासै चासो दिँदैनौँ । यहि कारण जिन्स प्रयोग गर्दा धेरै गल्तीहरु पनि गरेका हुन्छौँ । आज हामी केटाहरुले जिन्स लगाउँदा गर्न नहुने ७ गल्तीका बारेमा जानकारी दिँदैछौँ । 


१) जिन्सको पछाडिको पकेटमा पेच वा सामान्य भन्दा अर्कै अचम्म खालका डिजाईन छन् भने त्यस्तो जिन्सहरु प्रयोग नगर्दा राम्रो हुन्छ ।
२) आज भोली जिन्सको शेट मिलाएर लगाउने चलन आएको छ । यदि तपाईँले तल माथि नै जिन्सको प्रयोग गर्नु भएको छैन भने अवश्य गर्नुहोस् । यो निकै राम्रो देखिन्छ ।
३) लुज जिन्ससँग बुट राम्रो देखिँदैन । बूट शरीरमा टाँसिने वा फिटिङ्ग पाईन्ट सँग मात्र सुहाउँछ ।
४) यदी तपाईँ एकदमै पातलो हुनुहुन्छ भने स्किनी अर्थात शरीरमा टाँसिने जिन्सको प्रयोग नगर्नुहोस् । यस्तो जिन्स लगाउँदा तपाईँको पछाडिको भाग केटीको जस्तो देखिन सक्छ । त्यस कारण स्किनी जिन्सको सट्टा स्ट्रेट फिट जिन्स लगाउने गर्नुहोस् ।
५) शरीरमा टाँसिने खालको फिट जिन्ससँग कहिल्यै पनि फर्मल जुत्ता लगाउनु हुँदैन । यसको सट्टा कन्भर्स वा अन्य जुत्ताहरु प्रयोग गर्न सकिन्छ ।
६) कतिपयको बानी आवश्यकता भन्दा धेरै टाईट पाईन्ट लगाउने पनि हुन्छ । तर यस्तो टाईट पाईन्ट लगाउनु हुँदैन । यसले हामीलाई सार्वजनिक ठाउँमै लज्जित पनि बनाउन सक्छ । त्यस कारण हल्का लुज पाईन्टको प्रयोग गर्नुहोस् ।
७) काममा जाने क्रममा ग्रन्च वा च्यातिएको डिजाईन भएको जिन्स नलगाउँदा राम्रो हुन्छ । यस्तो जिन्स क्याजुअल ईभेन्टहरुमा मात्रै राम्रो देखिन्छ । अफिसमा यसको साटो सोलिड ब्लू जिन्स लगाउन सकिन्छ । यसले सेमिफर्मल लुक दिन्छ ।

loading...