MJ Radio
Facebook Twitter Youtube Skype
Flag

खुल्यो मिस नेपालको आबेदन

Published Date: 2017-03-23 00:00:00



‘मिस नेपाल’को आयोजक संस्था हिडन ट्रेजरले नयाँ ‘मिस नेपाल’को संकरणका लागि आवेदन खुला गरेको जनाएको छ । प्रतियोगितामा १९ देखि २४ वर्षसम्मका ५।४ फिटदेखि माथि उचाई भएका अविवाहित युवतीले भाग लिन पाउनेछन् । 


प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आउँदो चैत ३१ गते भित्र हिडन ट्रेजरको कार्यालय कुपण्डोलमा आवेदन दिन सक्नेछन् । आवेदन र्फम मिस नेपालको वेबसाईटबाट पनि डाउनलोड गर्न सकिने छ । यसपाली पनि आयोजक संस्थाले काठमाडौं, धरान, पोखरा, चितवन र धनगढीमा अडिसन लिने भएको छ । बिबादमा फस्दै आएको भएपनि मिस नेपाल प्रतियोगिता भने सधै भैरहेको छ 

loading...