MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चम्ल्याहा छोराहरू चिनाउने जुक्ति

Published Date: 2017-03-26 00:00:00



एउटी चिनियाँ आमाले उस्तै देखिने चम्ल्याहा छोराहरूलाई पहिचान गर्न सजिलो होस् भनेर अनौठो विधि अपनाएकी छन् । उनले छोराहरूको कपाल १ देखि ४ सम्मका अंक जस्तै देखिने गरी काट्न लगाइन् । ‘मेरा छोराहरू कहिलेकाहीँ म आफैँ झुकिन्छु,’ तान चाओयुनले भनिन्, ‘अहिलेसम्म उसको बुबाले पनि उनीहरूलाई छुट्ट्याउन सक्नुहुन्न । 


यद्यपि, आफूले विद्यालयका शिक्षक तथा उनीहरूका साथीलाई सजिलो होस् भनेर त्यस्तो हेयरस्टाइल बनाइदिएको उनले बताइन् । विद्यालयका शिक्षकले पनि उनीहरूको हेयरकटले सकारात्मक नतिजा प्राप्त भएको प्रतिक्रिया दिएका छन् । यता, बाबुलाई पनि सजिलो भएको छ, कुन छोराको स्वभाव र चरित्र कस्तो छ भनेर यकिन गर्न । ‘कहिलेकाही“ एउटाले गरेको गल्तीका लागि उहाँ अर्कोलाई सजाय दिने गर्नुहुन्थ्यो,’ आमा चाओयुनले भनिन् ।

loading...