MJ Radio
Facebook Twitter Youtube Skype
Flag

फेसन पारखीहरुका लागि बैशाखमा ‘क्यानभास फेसन’ शो

Published Date: 2017-04-02 00:00:00



फेसनका पारखीहरुका लागि काठमाडौंमा ‘क्यानभास समर फेसन शो’ हुने भएको छ ।आगामी बैशाख १५ गते काठमाडौंको मुड्स रेष्टुरेन्ट एण्ड ब्यांक्वेट, थापाथलीमा हुने भएको छ । उक्त शो मा समर कलेक्शनका पहिरनहरु विभिन्न दस सिक्वेन्समा प्रस्तुत गरिने आयोजकले जनाएको छ । 


अल्टर इन्टरनेशनल मीडियाका अध्यक्ष अरुणजंग शाहीका अनुसार विभिन्न ठाउँको डिजाइनरले तयार पारेको पोशाकलाई चर्चित मोडलहरुलाई र्‍याम्पमा उतार्ने जानकारी दिएका छन् । सो अवसरमा मिस नेपाल र केही सेलिब्रेटीलाई समेत र्‍याम्पमा उत्रने छन् भने गायक तथा हाँस्यकलाकारहरुको पनि प्रस्तुति रहने छ । सो फेसन शो लाई सुशिल नेपालले होस्ट गर्नेछन् भने इभेन्टको कोअर्डिनेशन फेसन डिजाइनर मदन पौडेलले गर्नेछन् ।

loading...