MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चैते दसै किन मानिन्छ

Published Date: 2017-04-04 00:00:00



नेपाली हिन्दुहरुको बडा दशैं पछि मनाउने अर्को चाड हो जुन चैत शुक्ल अष्टमीमा पर्ने गर्दछ। चैते दशैं, चैत्र महिनामा पर्ने गर्दछ र दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाइन्छ। नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ आजको दिन दुर्गाभवानीको पूजाआराधना गरी देवीका मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । वर्षमा दुईपटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । आज काठमाडौमा दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्साल भगवती, संकटा, कालिकास्थानलगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लाग्ने गर्दछ।

पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस् जसो होस्, चैते दशैंको रौनक पनि कम छैन् । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ भने भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।

वास्तवमा दशैं भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दशैंको रौनक भने अष्टमीको दिन बली दिने कुराहरुमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दशैंमा पनि मुख्य दशैंमा झै विभिन्न शक्तिपीठहरुमा पशुवली भोग दिने गरिन्छ ।



loading...