MJ Radio
Facebook Twitter Youtube Skype
Flag

क्रिस्टियानो रोनाल्डोकी पूर्व प्रेमिका आमा बनिन्

Published Date: 2017-04-11 00:00:00



फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी पूर्व प्रेमिका इरिना सायेक आमा बनेकी छिन् ।पछिल्ला दुई वर्षदेखि हलिउड अभिनेता ब्राड्ली कुपरलाई डेट गरिरहेकी इरिनाले केही हप्ताअघि मात्र पहिलो सन्तानलाई जन्म दिएको मिरर अनलाइनले जनाएको छ ।सन् २०१६ मा भिक्टोरिया सिक्रेटको फेसन रनवेका दौरान इरिना गर्भवति रहेको खबर आएको थियो ।गत फेब्रुअरीमा भने इरिना गर्भवति रहेको स्पष्ट देख्न सकिन्थ्यो । 


पछिल्ला ९ महिना दुवै जनाले आफ्नो व्यक्तिगत जीवनबारे त्यति धेरै खुलाएका छैनन् ।पहिलो सन्तान छोरा या छोरी हो भन्ने अझै यकिन रहेको छैन ।


loading...