MJ Radio
Facebook Twitter Youtube Skype
Flag

अभिनेत्री एन्जेलिना जोली एक बेलायती व्यापारीसँग डेटमा

Published Date: 2017-04-23 00:00:00



अभिनेता ब्राड पिटसँग सम्बन्धविच्छेद र सन्तानलाई आफूसँगै राख्ने कानूनी लडाईं लडिरहेकी हलिउड अभिनेत्री एन्जेलिना जोली एक बेलायती व्यापारीसँग डेट गरिरहेको खबर सार्वजनिक भएको छ । यी दुईलाई थुप्रै पटक सँगै देखिएको स्रोतले बताएको छ । हलिउडलाइफ डट कमले एक सूत्रको हवाला दिँदै बतायो, ‘ब्राड पिटसँग अलग्गिनु एन्जेलिनाको लागि निकै कष्टकर थियो तर उनी एक नयाँ व्यक्तिसँग डेट गरिरहेकी छिन् ।


स्रोतका अनुसार एन्जेलिनाको जीवनमा आएका यी नयाँ व्यक्ति एक बेलायती व्यवसायी हुन् जसको राजनीतिक स्तरमा पनि बलियो सम्बन्ध छ । दुबैको मालिबुमा थुप्रै पटक भेट भइसकेको छ । जहाँ ब्राडसँग छुट्टिएपछि एन्जेलिना धेरैजसो त्यहाँ बस्ने गर्दछिन् ।यी दुबैको भेट पछिल्लो वर्ष लण्डनमा भएको थियो ।

loading...