MJ Radio
Facebook Twitter Youtube Skype
Flag

राशी अनुसार आमाको मुख हेर्ने

Published Date: 2017-04-26 00:00:00



आमाको मुख हेर्ने अर्थात मातातिर्थ औशीको दिनमा आफुलाई जन्मदिने आमाप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न, बिहान उठी नुहाएर आमालाई नँया लुगा दिएर र मिठाई तथा फलफूलहरु खान दिई आर्शिवाद थाप्ने चलन छ। जन्म दिने आमा भगवान भन्दा पनि ठुलो रुपमा मानिन्छ यो पर्ब संसारमै मनाईन्छ तर, फरक समयमा यो तिथि नेपाल र हिन्दुले मात्र नभई अमेरिकन तथा युरोपियन देशमा पनि मानिन्छ |

आमा नहुनेले भने काठमाडौ उपत्यकाको १० किलोमिटर दक्षीण(पश्चिममा अवस्थीत मातातिर्थ कुण्डमा गई कपाल मुण्डन गरेर स्नान पिण्डदान र श्राद्धकर्म गर्ने गर्दछन् । ज्योतिष शास्त्र अनुसार, यस दिन आफ्नी आमलाई आफ्नो चन्द्रमाको राशी सँग सम्बन्धित लुगा र वस्तु खान दिदा आमा र सन्तान विच आपसी प्रेम सदभाव, बड्ने हुन्छ ।

१) मेष राशीहुने हरुले गहु बाट बनेका परीकार, उनी बस्त्र र रेशमी कपडा दिदा राम्रो हुन्छ।

२) वृष राशीहुने हरुले घ्यु , दुधले बनेका परीकार र सुती बस्त्र दिदा राम्रो हुन्छ।

३) मिथुन राशीहुने हरुले चामलले बनेका परीकार र जुट, कपास्ले बनेका बस्त्र दिदा राम्रो हुन्छ।

४) कर्कट राशीहुने हरुले दुधले बनेका परीकार, केरा,सुन्तला दिदा राम्रो हुन्छ।

५ ) सिंह राशीहुने हरुले चनार अन्नले बनेका पारीकार र सबै प्रकारका रसदार पदार्थ दिदा राम्रो हुन्छ।

६) कन्या राशीहुने हरुले मुङ्, राजमाले बनेको खानेकुरा र हरियो बस्त्र दिदा राम्रो हुन्छ।

७) तुला राशी हुने हरुले गहु, नरिओल ले बनेका सामाग्री र सेतो बस्त्र दिदा राम्रो हुन्छ।

) वृश्चिक राशीहुने हरुले तिलले बनेका सामाग्री र मिठाइ दिदा राम्रो हुन्छ।

९) धनु राशीहुने हरुले आलु, रसदार पदार्थ र सेतो बस्तु दिदा राम्रो हुन्छ।

१०)मकर राशीहुने हरुले सुन, स्टीलले बनेको सामाग्री र गमला दिदा उत्तम हुन्छ।

११)कुंभ राशीहुने हरुले माछा, तिलको तेलले बनेका पारीकार र बिजुलिका सामाग्री भेट गर्दा, अती उत्तम हुन्छ।

१२) मीन राशीहरुले घ्यु, तेल, माछा, र उनी कपडा दिदा राम्रो हुन्छ।


loading...