MJ Radio
Facebook Twitter Youtube Skype
Flag

खाली पेटमा चिया नपिउनुहोस

Published Date: 2017-04-27 00:00:00



खाली पेटमा चिया पिउने बानी छ भने ख्याल गर्नुहोस् यो स्वास्थ्यका लागि फलदायी हुँदैन । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनीजस्ता वस्तुहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरीरलाई लाभ समेत हुनेगर्छ ।तर, यदि खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस् ।

यसैगरी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्सानदायक हुन्छ । किनभने, यसमा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव पार्दछ ।यसका कारण पेटमा जलन, उल्टी हुने समस्या, शरीर भारी हुनेजस्ता समस्या खाली पेटमा चिया खाने भएका कारण उत्पन्न हुनेहुन् । त्यसकारण केही खाइसकेपछि चिया खानु उत्तम हुन्छ ।

खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो । यो एक दुई दिन पिउनुले हुने होइन । प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ ।

loading...