MJ Radio
Facebook Twitter Youtube Skype
Flag

थाहा पाईराखौ पेटको क्यान्सरको लक्षणहरु

Published Date: 2017-04-28 00:00:00



पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

पेटको क्यान्सरको लक्षण सुरुवाती अवस्थामा छिट्टै अगाडि आँउदैन् । यसको लक्षण धेरै हदसम्म अल्सर र पेटको अन्य रोगको जस्तो हुन्छ । त्यसैले यी लक्षणहरु प्रकट हुनाले सजग हुनुपर्छ


१। धेरै जसो अपचको समस्या भएमा
२। पेटमा धेरैजसो दुखाई महसुस भएमा
३। भोकको कमी महसुस हुने
४। कालो रंगको दिसा आएमा
५। खाना खानसाथ उल्टी भएमा
६। तौल कम हुँदै गएमा
७। रगतको कमी एनिमिया भएमा


loading...