MJ Radio
Facebook Twitter Youtube Skype
Flag

‘लप्पन छप्पन’ बेलायतमा प्रदर्शन

Published Date: 2017-04-29 00:00:00



‘लप्पन छप्पन’ ले अब विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । सौगात मल्ल र दयाहाङ राई अभिनित ‘लप्पन छप्पन’ को पहिलो विदेश प्रदर्शन बेलायतबाट सुरु हुन लागेको हो । 


३२ बक्स नामक एउटा समूहले बेलायतको प्रिन्सेल हल अल्डरसटमा आगामी ७ मे, आइतबार र हयारो सफारी सिनेमा हलमा १३ मे शनिवारका दिन ‘लप्पन छप्पन’ प्रदर्शन गर्दैछ । ६ सय ८० जना सिट क्षमता भएको प्रिन्सेल हल बेलायतबासी नेपालीमाझ निकै चर्चित छ । आयोजकमध्ये एक एलबीजेड गुरुङले बेलायतमा नेपाली चलचित्र प्रवद्र्धन र बजार विस्तारका लागि आफ्नो समूहले नियमित फिल्म प्रदर्शन गरिरहेको बताए । 


फिल्म २९ अप्रिलमा आसफोर्ड लगायत अन्य शहरमा समेत प्रदर्शन गर्ने तयारी पनि भैरहेको गुरुङले बताए । स्विजरल्याण्ड, नेदरल्याण्ड, बेल्जियम लगायतका स्थानमा खिचिएको यो फिल्ममा दया र सौगातका अलवा बर्षा सिवाकोटी, अर्पण थापा, श्याम श्रेष्ठ, देवु श्रेष्ठ, शिव खरेल, प्रकाशजंग शाह, सुन्दर श्रेष्ठ, शान्ती भट्टको लिड रोल छ । फिल्ममा मुकुन्द भट्टको लेखन तथा निर्देशन छ ।

loading...