MJ Radio
Facebook Twitter Youtube Skype
Flag

बकाइनो सबैभन्दा अचुक ओखती ,हेर्नुहोस् यसका फाइदाहरु

Published Date: 2017-04-30 00:00:00



बकाइनो मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो। बकाइनोले वाथ, चिलाउने रोग, सेतो दूबी, दाद रोग साथै अनन्य रोगहरु निको पर्छ। बकाइनो बाट स्वस्थ्यका लगि निम्न फाइ्र्रदा लिन सकिन्छस

१) पत्थरी रोग 
बकाईनोको १ चम्चा पातको रसमा आधा चम्चा जवाखार मिसाएर बिहानरबेलुका खाने गरेमा पित्त एंव मूत्राशयको पत्थर जान्छ ।

२) जुका परेमा
बकाइनोको ५० ग्राम बोक्रा ३०० ग्राम पानीमा उमाल्नुहोस् र चौथाइ भाग बाँकी भएपछि शिशीमा राख्नुहोस् र चिया चम्चाले १,१ बिहानरबेलुका खाने गरेमा केटा–केटी, बुढा बुढी जसको पेटमा जुका परेको छ भने पनि २र४ दिनमै ठीक हुन्छ ।

३) वाथ भएमा 
बकाइनोको गेडा रायो सस्र्युमा पिनेर लेप गर्नाले वाथ भएको बिस्तारै ठिक हुँदै जान्छ ।

४) रगत जमेर गाँठो भएमा 
बकाइनोको पात पिनेर लेप बनाएर बाँध्नाले छिट्टै घाउ निको हुन्छ ।

५) चिलाउने रोगमा
बकाइनोको फूल पिनेर घाउ, खटिरा, चिलाउने ठाउँमा लगाउनाले ठीक हुन्छ ।

६) सेतो दूबीमा  
१० पात निम, १० पात बकाइनो पिनेर लेदो बनाएर लगाएमा केही समयमा नै ठीक हुन्छ ।

७) दाद रोगमा
पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।


loading...