MJ Radio
Facebook Twitter Youtube Skype
Flag

चलचित्र ‘म यस्तो गीत गाउँछु’को सम्पूर्ण छायांकन समापन

Published Date: 2017-04-30 00:00:00



सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को सम्पूर्ण छायांकन सकिएको जानकारी प्राप्त भएको छ । काठमाण्डौबाट सुरु भएको सुटिङ अपर मुस्ताङ पुगेर तोकिएको ४५ दिनमा सकिएको हो।

अभिनेत्री पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को केही दिनमा एउटा गीत सार्वजनिक हुनेछ। अप्पर मुस्ताङमा पहिलो पटक खिचिएको उक्त गीतको भिडियो निकै नै राम्रो बनेको बताउँदै दर्शक तथा श्रोताले गीत र भिडियोलाई मन पराउने सुदर्शनले विश्वस व्यक्त गरे ।

असार ३० लाई रिलिज मिति तय गरिएको चलचित्रमा अर्जुन पोखरेलको संगीत छ। अर्जुनले ‘प्रेमगीत’को लागि बनाएको ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’ निकै नै लोकप्रिय बन्यो। उनैले ‘म यस्तो गीत गाउँछु’को लागि ९ वटा गीतहरु बनाएका थिए जसबाट तीनवटा गीतहरु छनौट गरेर चलचित्रमा राखिएको छ ।


loading...