MJ Radio
Facebook Twitter Youtube Skype
Flag

खालीपेटमा खान नहुने कुराहरु

Published Date: 2017-05-02 00:00:00



प्राय हामी सबैलाई खानेकुरामा चाहे बिहान होस् या बेलुकारु अलि अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । शरिरमा एसिड बढाउने खाना खानु हुँदैन । कस्ता खाने कुराहरुले एसिड बढाउँछन् तीबारे कमैलाई थाहा छ । जसका कारण डाइजेशनसँग सम्बन्धित समस्याहरु बढाउने गर्छ । यसले कब्जियतको समस्या पनि बनाउन सक्छ । यस्ता खाने कुरा खालीपेटमा नखाएकै बेश ।

१) सफ्ट ड्रिक्स
यसमा कार्बोनेट एसिडकोमात्रा अधिक हुन्छ । यसले एसिडको लेभल बढाउने काम गर्छ ।

२) चिया
चिया पनि खाली पेटमा नखानुहोस् । यसले शरिरमा एसिडको लेभल बढ्छ । यसले शरिरमा जलन हुन्छ भने अल्सर पनि हुने सम्भावना बढी हुन्छ ।

३) दुध
यसमा स्याचुरेट फ्याट र प्रोटिन पेटको मांसपेशीलाई कमजोर बनाउने काम गर्छ । पाचनप्रणाली कमजोर बनाउनुका साथै कफ हुने आशंका पनि उत्तिकै रहन्छ ।

४) चिनी 
खाली पेटमा चिनी पनि खानु हुँदैन । यसले ब्लड सुगर लेभल बढाउने काम गर्छ ।एकहदसम्म यसले इनर्जी दिने काम गर्छ । ज्यादा हुनाले थकान महसुस समेत गराउँछ ।

५) ग्रीन टी 
यसमा कफिनका कारण एसिडको लेभल बढ्न जान्छ । यसका कारण एसिडिटी र डाइजेशनमा असर पार्ने काम गर्छ ।



loading...