MJ Radio
Facebook Twitter Youtube Skype
Flag

किन घुर्छौ हामी थाहा पाइरखौ

Published Date: 2017-05-02 00:00:00



सुतेको अवस्थामा आवाज निकाली सास फेर्नु नै घुर्नु हो । यो जुनसुकै उमेर समूहका महिला(पुरुषमा देखापर्ने समस्या हो । एउटाको घुर्ने बानीले अर्कोको निद्रामा बाधा पुर्‍याउँछ। तर, यसलाई समस्याकै रूपमा भने लिइँदैन। घुर्ने र निद्रामा अचानक आत्तिएर उठ्ने बानी छ भने ख्याल राख्नूस्, त्यो उच्च रक्तचापको संकेत हुनसक्छ। चिकित्सकका अनुसार घुर्ने बानीले रक्तचाप बढाउन सहयोग पुर्‍याउँछ।

घुर्नुको कारण के हो 
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ । 


अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ । स्वासप्रस्वास प्रकृयामा जव त्यहि ९एरो डाईजेष्टिक ट्रयाक० भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।


मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग ९मुखे घाटी० भन्छौँ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।


loading...