MJ Radio
Facebook Twitter Youtube Skype
Flag

पूजा र पलको ‘म यस्तो गीत गाउँछु’ सार्वजनिक

Published Date: 2017-05-02 00:00:00



चलचित्र ‘म यस्तो गीत गाउँछु’को एक रोमान्टिक गीत नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको छ। सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा सुगम पोखरेल र अञ्जु पन्तको आवाज रहेको छ ।

अर्जुन पोखरेलको संगीत, सुदर्शन थापाको शब्द, सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको यो रोमान्टिक नम्बरको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूज शर्मा र पल शाहको प्रेम आशक्ती देख्न सकिन्छ ।

चलचित्रको गीतको दृश्य उत्कृष्ट छन् । चलचित्रमा प्रितम पाण्डेको सम्पादन, सुदर्शन थापा, दिनेश न्यौपानेको पटकथा तथा संवाद, विश्व गौतमको कस्ट्यूम डिजाइन चलचित्रमा छ। असार ३० लाई चलचित्र ‘म यस्तो गीत गाउँछुले रिलिज मिति तोकेको छ।


loading...